• २२ वैशाख २०८१, शनिबार

बिली जिन किङ कप

नेपालको शानदार सुरुआत

blog

गोरखापत्र समाचारदाता

काठमाडौं, कात्तिक १ गते । नेपालको महिला टेनिस टोलीले बिली जिन किङ कपमा बुधबार विजयी सुरुआत गरेको छ । टिम इभेन्टमा नेपालले ताजाकिस्तानलाई ३–० ले पराजित गरेको नेपाल टेनिस संघका सदस्य अजय विष्टले बहराइनबाट जानकारी गराउनुभयो ।

नेपाली खेलाडीले सहज जित हात पार्ने क्रममा दुई एकल र एक डबल्मा सोझो सेटमा नतिजा आफ्नो पक्षमा पारे । पहिलो एकल खेलमा नेपालकी माहिका राणाले मालिका रहिमोभालाई ६–० र ६–० को सोझो सेटमा पराजित गर्नुभयो । 

दोश्रो एकल खेलमा नेपालकी अभिलाषा विष्टले योसुमन सलीमोभालाई ६–० र ६–० नै हराउनुभयो । डबल्समा नेपालका सुनिरा थापा र रायना शाहको जोडीले फजिला मोरुदोभा र मालिकाको जोडीलाई सीधा सेटमा ६–० र ६–० ले नै पाखा लगायो ।

यो स्पर्धामा सहभागी विभिन्न १४ राष्ट्रलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘सी’ मा नेपाल-ताजाकिस्तानसंगै बहराइन र कतार छन् । हरेक समूहको शीर्ष एक टोली सेमिफाइनलमा प्रवेश गर्ने छ । नेपालले बिहीबार आयोजक राष्ट्र बहराइन विरुद्ध खेल्ने छन् ।