• ३० वैशाख २०८२, मङ्गलबार

‘सिन्धु पत्रकारिता सेतो बाघ’ बाट पौडेल सम्मानित

blog

‘सिन्धु पत्रकारिता सेतो बाघ’ बाट सम्मानित सञ्चारकर्मी पौडेल । तस्बिर : चित्र मिजार

चित्र मिजार
सिन्धुपाल्चोक, कात्तिक १ गते ।
 कान्तिपुर दैनिकका उपसम्पादक ऋषिराम पौडेल ‘सिन्धु पत्रकारिता सेतो बाघ’ बाट सम्मानित हुनुभएको छ । सुनकोशी गाउँपालिकाले बुधबार विजयादशमीको चियापान तथा सम्मान कार्यक्रम गर्दै नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाका पूर्व सभापतिसमेत रहनुभएका पौडेललाई सम्मान गरेको हो ।

वि.सं २०४९ सालबाट सिन्धु पत्रकारिताको यात्रामा लाग्नुभएका पौडेलका कलमले सिन्धुको समृद्धिमा टेवा पुगेको भन्दै सुनकोशी गापाले सम्मान गरेको उक्त गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । पौडेलको पत्रकारिता गर्व गर्न र अनुकरण गर्न लायक भएको पनि तिमल्सिनाले बताउनुभयो । सुनकोशी गाउँपालिका–४ यमुनाडाँडा स्थायी घर भएका पौडेलले विकट गाउँका जनजीवनका अवस्थालाई राज्यसमक्ष पुर्‍याउन पत्रकारितामार्फत योगदान गर्नुभएको थियो ।

सञ्चारकर्मी पौडेलले सिन्धुपाल्चोकमा दर्जनौँ पत्रकार उत्पादन गर्नुभएको थियो । सो गापाले एसइई र प्लस टुमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी र गापाका कर्मचारीलाई पुरस्कृत गरेको थियो ।