• २६ वैशाख २०८२, शुक्रबार

कानुन निर्माणमा एमाले प्रतिपक्षी हुँदैन : अध्यक्ष ओली

blog

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली । फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौं, असोज २० गते । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कानुन निर्माणमा आफ्नो पार्टी प्रतिपक्षको भूमिकामा नरहने बताउनुभएको छ ।

शनिबार ललितपुरमा आयोजित विद्युत् विधेयकसम्बन्धी अन्तरक्रिया कार्यक्रममा  उहाँले राष्ट्रिय हितलाई केन्द्रमा राखेर कानुन निर्माण गर्नुपर्ने बताउनुभयो । कानुन निर्माणमा एमाले प्रतिपक्षको भूमिकामा प्रस्तुत नहुने उहाँको भनाइ छ । 

अध्यक्ष ओलीले विद्युत् विधेयक २०८० लाई राष्ट्रिय हित हुनेगरी संसदबाट पारित गराउन आफ्नो पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताउनुभयो । दलीय आधारमा संसदमा सो विधेयकबारे छलफल भए पनि त्यसलाई राष्ट्रिय हित अनुकुल हुनेगरी पारित गराउन आफ्नो पार्टीले रचनात्मक भुमिका निर्वाह गर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, “हामी संसदमा विद्युत् विधेयकका विषयमा राम्रो छलफल गर्छौं । यो हाम्रो भुमिका भनेको प्रतिपक्षीय भुमिकाको कुरा होइन । राष्ट्रिय भूुमिका हुन्छ । राष्ट्रको हितको भुमिका हुन्छ । त्यसको पक्षमा हामी हुन्छौं ।” अध्यक्ष ओलीले कानुन निर्माणको विषयलाई दलीय प्रश्न बनाउन नहुने बताउनुभयो ।