• १५ मंसिर २०८१, शनिबार

धनकुटामा चार्डपर्व लक्षित बजार अनुगमन तीव्र

blog

कबिराज घिमिरे 

हिले, असोज १९ गते । दशैं लगायत चाडपर्व नजिकिएसँगै स्थानीय प्रशासन धनकुटाले बजार अनुगमनलाई तीव्रता दिएको छ।

जिल्ला प्रशासन कार्यालाय धनकुटाको नेतृत्वमा खाद्य प्रविधि गुण नियन्त्रण डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय धनकुटा र राष्ट्रिय उपभोक्ता संघ धनकुटाले संयुक्त रुपमा अनुगमनलाई तीव्रता दिएका हुन्। अनुगमन टोलीले खाद्यान्न, इन्धन, लत्ताकपडा, माछामासु, तरकारी, फलफूल लगायतका थोक तथा खुद्रा पसलमा अनुगमन गर्न सुरु गरेको हो । 

चाडपर्वको समयमा व्यापारीहरूले जथाभावी मूल्य लिने, म्याद गुज्रिएका अखाद्य वस्तुलाई बेच्ने लगायतका समस्या देखिने गरेकाले अनुगमन तीब्र पारिएको धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो ।

अनुगमनको क्रममा धनकुटाको छथरजोरपाटी गाउँपालिका वडा नं.–६ स्थित सिँधुवा बजारमा खुद्र तथा किराना पसल अनुगमन गरेको छ। बजारका आधा दर्जनभन्दा बढी खुद्रा तथा किराना पसलहरुमा अनुगमन गरी ५५ हजारभन्दा बढीका म्याद गुज्रिएका खाद्यवस्तु नष्ट गरिएको छ। बजारका अधिकांश खुद्रा तथा किराना पसलमा म्याद गुज्रेका खाद्यवस्तु फेला परेका थिए। 

अनुगमनका क्रममा म्याद गुज्रेकामा खानेकुरा र पेयपदार्थ पाइएको थियो। उक्त म्याद गुज्रेका खाद्यबस्तुहरु जफत गरी स्थानीय जनप्रतिनिधि, प्रहरीको रोहबरमा नस्ट गरिएको छ। म्याद गुज्रेका खाद्यबस्तु आगामी दिनमा नवेच्न सुझाव तथा चेतावनी दिइएको जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत अंकित मग्रातीले बताउनुभयो। प्रशासनले धनकुटाका अन्य बजारमा पनि अनुगमन गरी म्याद गुज्रेका सामान नष्ट गर्ने जनाएको छ।