• १२ असार २०८१, बुधबार

ब्याडमिन्टनको पुरुष टिम इभेन्टतर्फ नेपाल क्वार्टरफाइनलमा

blog

ब्याडमिन्टनमा प्रतिस्पर्धा गर्दै प्रिन्स दाहाल ।

हाङझाउ, असोज ११ गते । १९औं एसियाड अन्तर्गत ब्याडमिन्टनतर्फ नेपालको पुरुष टिम इभेन्टको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । बिनजियाङ जिम्नयाजियम कोर्टमा बिहीबार भएको अन्तिम १६ को खेलमा नेपालले मङ्गोलियालाई ३–१ ले हरायो । 

नेपालका प्रिन्स दाहालले मङ्गोलियाका गेरेलसुख जार्गलसाइखानलाई तथा सुनिल जोशीले अभितुगुल्दर ब्याम्बाजाभलाई समान २–० ले हराउनुभयो । प्रिन्स २१–८, २१–१४ तथा सुनिल २१–११, २१–७ ले विजयी हुनुभएको हो ।

तर, विष्णु कटुवाल भने सुमियासुरेन एनखबातसँग २–१ ले पराजित भएपछि मङ्गोलियाले पुनरागमन गरेको थियो । प्रतिस्पर्धात्मक खेलमा विष्णु २१–२३, २४–२२, १७–२१ ले पराजित हुनुभयो ।

प्रिन्स दाहाल र विष्णु कटुवालको जोडीले जोल्जाया मुनखबातार र एनखबात ओलोनबायरको जोडीलाई २–० ले हराउनुभयो । प्रिन्स र विष्णुको जोडी २१–८, २१–९ ले विजयी भएको हो ।