• २९ मंसिर २०८१, शनिबार

गृह मन्त्रालय र शिक्षकबिच सुरक्षा केन्द्रित छलफल

blog

काठमाडौँ, असोज ४ गते । शिक्षक आन्दोलनको दोस्रो दिन सुरक्षासँग सम्बन्धित भएर गृहमन्त्रीसहितको टोलीसँग शिक्षक सङ्गठनका प्रतिनिधिहरूले छलफल गरेका छन् । निषेधित क्षेत्र तोड्ने प्रयास भएपछि सरकारले बल प्रयोग गर्ने तयारीसँगै दुर्घटना हुन नदिन र संयमित भएर आन्दोलनका कार्यक्रम अगाडि बढाउन दुवै पक्षबिच छलफल भएको शिक्षक महासङ्घका अध्यक्ष कमला तुलाधरले जानकारी दिनुभयो । 

बुधवारदेखि सुरु भएको आन्दोलनले सर्वसाधारणलाई समस्या भएको भन्दै आज कार्यालय लाग्ने दिन भएकाले आन्दोलनको रुट परिवर्तन गर्नसमेत जिल्ला प्रशासन कार्यालयकाठमाडाैंले शिक्षकहरूसँग अनुरोध गरेको छ । तर शिक्षकहरूले आज पनि बुधवारकै रुट प्रयोग गर्ने र शान्तिपूर्ण आन्दोलन गर्ने अध्यक्ष तुलाधरले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । उहाँले शिक्षक र सरकारबिच औपचारिक रूपमा कुनै पनि वार्ताको पहल नभएको आरोप लगाउनुभयो । सरकार प्रमुखसँग वार्ता गर्ने अडान राख्नै शिक्षकहरूले आन्दोलन निरन्तर अघि बढाउने बताउनुभयो । 

यता आज बिहान भने उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा भएको छलफलमा तत्काल वार्ताबाट समाधान खोज्न शिक्षकहरूलाई अनुरोध गर्नुभएको गृहमन्त्रीका प्रेस सल्लाहकार कमल गिरीले दिनुभयो ।