• १० पुस २०८२, बिहिबार

आज कतिपय ठाउँमा भारी वर्षाको सम्भावना

blog

काठमाडौँ, असोज ४ गते । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर छ। साथै बङ्गालको खाडीको उत्तर पश्चिम भागमा न्यूनचापीय क्षेत्र छ।

मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल देशका सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका अधिकांश भूभागहमा सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन चटयाङ हल्का वर्षा भैरहेको छ भने बाँकी भूभागमा आंशिक बदली भएको छ । 

आज दिउँसो  देशभर आंशिक देखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी र सुदूर पश्चिम प्रदेशका केही स्थानहरुमा र बाँकी  प्रदेशका थोरै स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै कोशी, बागमती र गण्डकी प्रदेशहरुको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जानकारी दिएको छ।

आज राति  देशभर आंशिक देखि सामान्य बदली रही कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशहरुका केही स्थानहरूमा र बाँकी भूभागको थोरै स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति पनि कोशी र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।