• १५ मंसिर २०८१, शनिबार

सैलुङमा ‘वाइल्ड स्टे विथ चौँरी भेडी गोठ आयोजना हुने

blog

शैलुङडाँडा । तस्बिर: गोरखापत्र

बाबुराम शर्मा 

दोलखा, असोज ३ गते । आगामी साता स्पार्क कारको स्पार्क एडभेन्चरबाट रामेछाप दोलखाबिचमा रहेको सैलुङमा ‘वाइल्ड स्टे विथ चौँरी भेडी गोठ आयोजना हुने भएको छ ।

असोज ११ देखि १३ गते तीन दिने प्याकेजमा पर्यटकले धार्मिक, ऐतिहासिक एवम् पर्यटकीय प्रसिद्धि हुँदाहुँदै पनि ओझेलमा परको  सैलुङको चौँरी तथा भेडी गोठ र सैलुङ अन्वेषणसँगै सांस्कृतिक कार्यक्रमको अनुभव लिन सक्ने आयोजक कम्पनी स्पार्क एड्भेन्चरले जनाएको छ ।

कार्यक्रम संयोजक अमर दीप भट्टराईले सैलुङ र त्यहाँको चौँरी गोठलाई केन्द्रित गरेर दोस्रो पटक कार्यक्रम गर्न लागिएको हो । कार्यक्रमको सम्पूर्ण खर्च आयोजकले मिलाएको छ । सहभागीले पनि अपनत्वका लागि सीमित आर्थिक व्यहोर्नु पर्नेछ ।

यो कार्यक्रममा क्याप्टेन विजय लामा, वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी, कलाकार निखिल उप्रेती, सन्दीप क्षेत्री,  गायक यशकुमार, गरिमा शर्मा तथा लेखक बुद्धि सागर, ट्राभलर सिर्जना सिज्जु तथा विशिष्ट व्यक्तिहरूलगायत १५० को उपस्थिति र ३५ वटा गाडीको व्यवस्था हुने बताइएको छ । 

स्पार्क कारले ७७ वटै जिल्लामा भाडामा गाडीको व्यवसाय गर्दै आएको छ भने एडभेन्चरले वर्षमा एक पटक आन्तरिक पर्यटन प्रवर्द्धनका लागि यस्ता कार्यक्रम गर्दै आएको छ । गत वर्ष लमजुङको भुजुङमा भीर मह कार्यक्रम गरेको थियो । यसमा दुई सय जना सहभागी र ५० वटा गाडी प्रयोग भएका थिए ।