• ११ मंसिर २०८१, मङ्गलबार

ओममूर्तिको ‘जीवन्त सम्बन्ध’

blog

काठमाडौँ, भदौ ३० गते ।  वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलको दोस्रो पुस्तक ‘जीवन्त सम्बन्ध’ बजारमा आउने भएको छ। शुक्रबार एक समारोहबिच डा. अनिलले प्रकाशन गर्न लाग्नुभएको ‘जीवन्त सम्बन्ध’ पुस्तकको कभर फोटो सार्वजनिक भएको हो।  उहाँकी धर्मपत्नी मनीषा श्रेष्ठ र छोरी अनिशा अनिलले कभर फोटो सार्वजनिक गर्नुभएको हो। १० वर्षअघि डा. अनिलले ‘म पनि डाक्टर’ नामक पुस्तक प्रकाशित गर्नुभएको थियो।

डा. अनिलले पुस्तकबारे चर्चा गर्दै रोगभन्दा पनि अलग रूपमा पुस्तक प्रकाशन गर्न लागेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “यो पटक जीवन, जगत्, सम्बन्ध तथा भोगाइका विषयमा पुस्तक प्रकाशित गर्न लागेको छु।” पुस्तक डा. ओम फाउन्डेसनले प्रकाशित गरेको हो। डा. अनिलका अनुसार आगामी शुक्रबार पुस्तकको लोकापर्ण हुने छ। उहाँले पुस्तकमा बच्चा नभएको व्यक्तिलाई कति पीडा हुन्छ, परिवारको भूमिका कस्तो हुनु पर्छ भन्ने विषय उल्लेख गरिएको बताउनुभयो। उहाँले पेसामा रहँदा  धेरै कुरा बुझ्न थालेको भन्दै घरमा बसी बसी लाखौँ मानिसको भावना बुझ्न सकिने बताउनुभयो। पुस्तकको मूल्य छ सय रुपियाँ राखिएको छ। डा. ओममूर्तिले पुस्तक बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम असहाय वृद्धवृद्धाका निम्ति डा. ओम फाउन्डेसनमार्फत खर्च गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।