• १६ कात्तिक २०८१, शुक्रबार

दिवङ्गत नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि हुँदै

blog

काठमाडौँ, भदौ २८ गते । संविधान सभाका अध्यक्ष एवम् पूर्व सभामुख तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि आज हुँदै छ । आज बिहान बिहान ११ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ उहाँको पार्थिव शरीरको अन्त्येष्टि गरिने भएको हो ।

सरकारले नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । उहाँको सोमवार राति हृदयाघातका कारण निधन भएको थियो ।