• १३ साउन २०८१, आइतबार

वार्षिक प्रतिवेदन बुझाइयो

blog

हेटौँडा समाचारदाता

हेटौँडा, भदौ २५ गते  । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष प्रदेशका मुख्य न्यायाधिवक्ता ज्ञानेन्द्र नेपालले आइतबार वार्षिक प्रतिवेदन बुझाउनुभएको छ  । सो प्रतिवेदनमा आर्थिक वर्ष २०७९/८० मा बागमती प्रदेशको मुख्य न्यायाधिवक्ताको कार्यालयले सम्पादन गरेका कामको विवरण समेटिएको छ । 

प्रतिवेदन बुझ्नुहुँदै प्रदेश प्रमुख शर्माले मुख्य न्यायाधिवक्ताको कार्यालयमार्फत सरकारको प्रतिरक्षाका लागि गरिएको कामकारबाहीको प्रशंसा गर्नुभयो । आगामी दिनमा पनि प्रदेश सरकारका लागि आवश्यक न्याय सम्पादनको कार्यमा दत्तचित्त भएर मुख्य न्यायाधिवक्ता कार्यालय लागिपर्ने विश्वास व्यक्त गर्नुभयो ।