• ५ जेठ २०८१, शनिबार

जनश्रमदानबाट सामाजिक काम

blog

दोलखा समाचारदाता

दोलखा, भदौ १८ गते । दोलखाको वैतेश्वर गाउँपालिका–७, मार्बुवासीले गाउँमा तीनमहिने सामाजिक काम सुरु गरेका छन् । सामाजिक काम अन्तर्गत यातायात सहज बनाउन सडक मर्मतसम्भार सुरु गरिएको वडाध्यक्ष मीनकुमार शिवाकोटीले जानकारी दिनुभयो । 

उहाँका अनुसार आवतजावत तथा बिरामी अस्पतालसम्म लैजान कठिन भएपछि सडक मर्मत गर्न लागिएको हो । यो अभियानसँगै घर घरमा पुगेर बिरामी अस्पतालसम्म पु-याउन थालिएको छ । गाउँमा कठिन देखिएका सामाजिक काम खोजबिन गरी क्रमशः समाधान गर्दै लगिने लक्ष्य राखिएको हो । वडाध्यक्ष  शिवाकोटीले भन्नुभयो, “अहिले सडक मर्मतमा ६५ जनासम्म श्रमदानमा जुटेका छन् । उनीहरूलाई मात्र खाजाको व्यवस्था गरिएको छ । अहिलेसम्म स्थानीयले नै खाजा खुवाउने काम गर्दै आएका छन् ।”