गोरखापत्र अनलाइन
काठमाडौं, भदौ १४ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज अस्पतालमा पुगेर उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।
उपप्रधामन्त्री खड्कालाई प्रोस्टेटको समस्या भएपछि गत बुधबार नेपाली सेनाको बीरेन्द्र अस्पताल छाउनीमा भर्ना हुनुभएको थियो । उहाँको प्रोस्टेटको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको सो अस्पतालका चिकित्सक डा.भरतबहादुर भण्डारीले जानकारी दिनुभयो ।
शल्यक्रियापछि अस्प्तालकै वार्डमा रहनुभएका उपप्रधानमन्त्री खड्काको स्वास्थ्यअवस्था सुधारोन्मुख रहेको चिकित्सक तथा अस्पतालका कमाण्डाण्ट प्राविधिक सहायक रथी भण्डारीले जानकारी दिनुभयो । उपप्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारेमा प्रधानमन्त्री प्रचण्डले आज अस्पतालमै पुगेर उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको अस्पताल प्रशासनले जनाएको छ ।