• १३ साउन २०८१, आइतबार

राष्ट्रपति पौडेलसमक्ष राजदूत थापाद्वारा शपथ ग्रहण

blog

राष्ट्रपति रामचन्द्र पौडेल (दायाँ) समक्ष संयुक्त राष्ट्रसंघका लागि नवनियुक्त राजदूत लोकबहादुर थापा राजदूत पदको शपथ ग्रहण गर्नुहुँदै । तस्बिर : राष्ट्रपति कार्यालय

काठमाडौं, भदौ १३ गते । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोग, न्युयोर्कका लागि नवनियुक्त राजदूत/स्थायी प्रतिनिधि लोकबहादुर थापाले राजदूत पदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । 

राष्ट्रपतिको कार्यालय, महाराजगञ्‍जमा आयोजित एक समारोहमा उहाँले राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो । 

उक्त अवसरमा परराष्ट्र मन्त्री नारायण प्रकाश साउदलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको जानकारी राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो ।