• २६ वैशाख २०८१, बुधबार

सरकार विधिको शासनमा पूर्णतः प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड (सम्बोधनको पूर्णपाठ)

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर : रासस

गोरखापत्र अनलाइन

काठमाडौं, भदौं १२ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार विधिको शासनमा पूर्णतः प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रतिनिधि सभा बैठकमा सांसदहरूको जिज्ञासाको आज जवाफ दिनुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । 

सांसद ईश्वरीदेवी न्यौपानेले गर्नुभएको जिज्ञासाको जवाफ दिनुहुँदै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “लोकतान्त्रिक विधि र पद्धतिको विकासमार्फत सामाजिक न्याय र सुशासनसहितको समृद्धि हासिल गर्ने दिशामा सरकारका क्रियाकलाप केन्द्रित रहेका छन् । सरकार विधिको शासनमा पूर्णतः प्रतिबद्ध छ ।”

अर्का सांसद ऋषिकेश पोखरेलको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले हुलाकी राजमार्गको बाँकी काम तीन वर्षभित्रमा सम्पन्न गर्नेगरी काम भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हुलाकी राजमार्गका सम्बन्धमा चितवन र पर्सामा राष्ट्रिय निकुञ्ज क्षेत्रमा डीपीआर तयारलगायतका कार्यमा भएको ढिलाइका कारण यो आयोजनाको कार्य आगामी तीन वर्षभित्र सम्पन्न गर्ने नयाँ लक्ष्य निर्धारण गरिएको छ । 

प्रस्तुत छ–संसदमा राखिएको जिज्ञासा र उत्तरको पूर्णपाठ