• १२ मंसिर २०८१, बुधबार

चन्द्रमामा शक्ति राष्ट्रको प्रतिस्पर्धा

blog

चन्द्रमामा शक्ति राष्ट्रहरूबिच प्रतिस्पर्धा बढेको छ । अमेरिका, रुस, चीन र भारतले चन्द्रमामा आफ्नो प्रभाव बढाउन अभियान नै चलाएका छन् । चन्द्र अभियान सफल भएमा निकट भविष्यमा त्यहाँ मानव बस्ती बसाल्ने परिकल्पना गरिएको छ । यसका लागि महìवाकाङ्क्षी अभियानमा अगाडि सार्दै अर्बौं डलर खर्च गरिएको छ । झन्डै आधा शताब्दीपछि रुसले चन्द्रमाको दक्षिणी ध्रुवमा सफ्ट ल्यान्डिङ गर्ने पहिलो देश बन्ने उद्देश्यसहित अगस्ट १२ मा चन्द्र मिसन लुना–२५ प्रक्षेपण गरेको थियो । 

अगस्ट २१ म चन्द्र धरातलमा अवतरण 

गर्नुपर्नेमा अन्तिम चरणमा आएर लुना–२५ दुर्घटनामा परेको छ । लुना–२५ दुर्घटनाले रुस चन्द्रमाको दक्षिणी ध्रुवमा यान अवतरण गराउने पहिलो मुलुक बन्न सकेन । पछिल्लो ४७ वर्षमा मस्कोले अन्तरिक्षमा पठाएको पहिलो अभियान अन्तर्गत पूर्वी रुसबाट यो यान प्रक्षेपण गरिएको थियो । यो रुसी अभियानअघि जुलाई १४ मा भारतले पनि चन्द्रमाको दक्षिणी ध्रुवमा यान अवतरण गराउने भन्दै चन्द्रयान–३ प्रक्षेपण गरेकोमा बुधबार बेलुका चन्द्रमाको दक्षिणी धुव्रमा सफलतापूर्वक अवतरण गरेको छ । यो सफलतासँगै चन्द्रमामा पुग्ने भारत चौथो मुलुक बनेको छ । 

लुना–२५ मा रोवर र ल्यान्डर थिए । ल्यान्डरको तौल आठ सय किलो थियो । यसले पहिले ‘सफ्ट ल्यान्डिङ’ को अभ्यास गर्ने, त्यसपछि त्यसले चन्द्रमाको माटोको नमुना सङ्कलन गर्ने, विश्लेषण गर्ने योजना थियो । लुना–२५ को आकार सानो कार बराबरको थियो । चन्द्रमाको दक्षिणी ध्रुवमा यसले एक वर्षसम्म काम गर्ने अपेक्षा गरिएको थियो । हालैका केही वर्षमा नासा र अरू अन्तरिक्ष एजेन्सीहरूले त्यहाँ बरफ रहेको सङ्केत पाइएका बताएका छन् । 

यस पटक रुसको चन्द्रमा अभियानको राजनीतिक अर्थ पनि थियो । रुसले युक्रेनसँग युद्ध सुरु गरेपछि आफ्नो मुलुकलाई पश्चिमी देशले प्रतिबन्ध लगाएर अन्तरिक्ष कार्यक्रमलाई निसानामा पार्न खोजेको दाबी गरेको छ तर ती प्रतिबन्धले आफ्नो मुलुकको अर्थव्यवस्थालाई ध्वस्त पार्न नसकेको उसको भनाइ छ । मस्कोले पछिल्ला केही दशकयता यो अभियानको तयारी गरिरहेको थियो तर यस पटक उसको चन्द्रमा मिसन सफल भएन । यो दुर्घटनाले उसले एउटा ठुलो उपलब्धि गुमाएको छ ।

युक्रेनमाथि आक्रमण गरिएपछि पश्चिमा देशका अन्तरिक्ष एजेन्सीहरूले रुसको अन्तरिक्ष निकायसँगको सहकार्य समाप्त गरेका छन् । युरोपेली स्पेस एजेन्सीले लुना–२५ मा आफ्नो नेभिगेसन क्यामेरा जोडेर त्यसको परीक्षण गर्ने योजना बनाएको थियो तर युक्रेनमाथि रुसले आक्रमण गरेपछि उसले यो योजना स्थगित ग‍¥यो । अमेरिकी अन्तरिक्षयात्री निल आर्मस्ट्रङ पहिलो पटक सन् १९६९ मा चन्द्रमामा पुगेका थिए तर तत्कालीन सोभियत सङ्घले लुना–२ मिसन अन्तर्गत सन् १९५९ मा चन्द्रमामा पहिलो अन्तरिक्ष यान पु¥याएको थियो । सन् १९६६ को लुना–९ मिसन चन्द्रमा सोभियत सङ्घको पहिलो सफ्ट ल्यान्डिङ मिसन थियो ।

सोभियत सङ्घले यसअघि सन् १९७६ मा लुना–२४ मिसन चन्द्रमामा पु-याएको थियो । लुना–२४ ले चन्द्रमाबाट करिब १७० ग्राम माटो लिएर सुरक्षित ढङ्गले पृथ्वीमा फर्किएको थियो । चन्द्रमाको ध्रुवीय सतह निकै खतरनाक छ । त्यहाँ ठुल्ठुला खाडल र भिर छन् । केही खाडलमा अर्बौं वर्षदेखि सूर्यको प्रकाश परेको छैन । परिणामस्वरूप त्यहाँको तापक्रम निकै कम अर्थात् माइनस २०३ डिग्रीसम्म छ । त्यस्तो परिस्थितिमा प्राविधिक उपकरण सञ्चालन गर्न निकै चुनौतीपूर्ण हुन्छ ।

भारतले पहिलो पटक सन् २००८ मा चन्द्रमातर्फ चन्द्रयान–१ पठाएको थियो । उक्त अभियानबाट चन्द्रमाको सतहमा पानीको अस्तित्व रहेको प्रमाणित गरिएको थियो । चन्द्रयान–३ अभियानका लागि भारतले आठ करोड डलर खर्च गरेको छ । त्यहाँ कहाँ र कति पानी छ अनि त्यो सबै जमेको अवस्थामा पो छ कि भन्ने विषयमा धेरै कुरा थाहा पाउन बाँकी छ । जलभण्डारको प्रकृति र स्थान थाहा पाउनु भविष्यमा हुने अभियानको सफलता र जलभण्डारनजिकै बसोबासको योजना बनाउन पनि उपयोगी हुन सक्छ । 

भारतले सन् २०१९ को सुरुतिर प्रक्षेपण गरिएको चन्द्रयान–२ चन्द्रमामा अवतरण गराउन खोजेको थियो तर यो अभियान अन्त्यमा सफल भएन । चन्द्रमामा त्यहाँको सतहमा घुमफिर गर्न सक्ने वाहन रोभर अवतरण र सञ्चालन गराउने तथा वैज्ञानिक प्रयोगहरू गर्ने लक्ष्यसहित अहिले भारतले चन्द्रयान–३ पठाएको हो ।

चीनले सन् २०२० मा चाङ अ–५ अन्तरिक्ष यानलाई चन्द्रमामा सफल अवतरण गराएको थियो । चीनको पछिल्लो चन्द्र अभियानको उद्देश्य अनुरूप त्यहाँबाट चट्टान तथा धुलो सङ्कलन गरेर यान पृथ्वीमा फर्केको थियो । यो अभियानको सफलताले अन्तरिक्षको महाशक्तिका रूपमा बेइजिङको हैसियत बढेको छ । चीनले यसअघि दुई पटक चन्द्रमामा आफ्ना यानको सफल अवतरण गराइसकेको छ । सन् २०१३ मा चाङ अ–३ र सन् २०१९ मा चाङ अ–४ यान चन्द्रमामा अवतरण गरेका थिए ।

चन्द्रमामा पहिलो पटक मानव अवतरण गराएर विश्व कीर्तिमान कायम गरेको अमेरिकाले पुनः नयाँ अन्तरिक्ष युगको थालनी गर्न चाहेको छ । अमेरिकी अन्तरिक्ष केन्द्र (नासा) ले चन्द्रमामा पुनः मानिस पठाउने मात्र होइन, त्यहाँ बसोबास गर्न सक्ने प्रविधिको विकास गर्दै छ । नासाले १२ पाङ्ग्रे अन्तरिक्ष ट्रक बनाउँदै छ; जहाँ वायुचाप नियन्त्रित खण्ड छ । त्यहाँ अन्तरिक्ष यात्रुहरू अन्तरिक्ष पोसाक नलगाइकनै सास फेर्न सक्ने छन् । 

नासाका अनुसार निकट भविष्यमा चन्द्रमाको दक्षिणी ध्रुवमा रहेको मूल कार्यस्थलका गोलाकार प्रवेशस्थानमा वाहन रोकिने छ । अन्तरिक्ष यात्रु वायुरहित बाटो हुँदै आवासस्थलमा प्रवेश गर्ने छन् र आफ्नो धुलो भरिएको अन्तरिक्ष पोसाक खोल्ने छन् । भित्र साग र आलु उम्रिरहेको हरितगृह एलइडी प्रकाशमा चम्किरहेको हुने छ । अन्तरिक्ष यात्रु एक तलामाथि उक्लने छन्; जहाँ उनीहरूलाई नेतृत्व गर्ने यात्रु उनीहरूबाट दिनभरको प्रगति विवरण सुन्न आतुर हुने छन् । 

यदि चन्द्रमामा लामो समय बस्न र काम गर्न मिल्ने स्थान निर्माण गर्ने हो भने मानिसलाई जे चाहिएको छ, त्यो चन्द्रमामा उपलब्ध स्रोतबाटै परिपूर्ति गर्नु पर्छ । बेलायतको मिल्टन किन्सस्थित ओपन युनिभर्सिटीको प्रयोगशालामा विद्यावारिधि गर्ने क्रममा विद्यार्थी हाना सार्जेन्ट चन्द्रमामा धेरै पाइने खनिज इल्मेनाइट प्रयोग गरेर त्यस्तो कसरी गर्न सकिन्छ भनेर अध्ययन गर्नुभएको छ । एउटा सानो भट्टीभित्र इल्मेनाइटबाट अक्सिजन निकाल्न त्यसलाई तताइँदै छ । निकालिएको अक्सिजनलाई हाइड्रोजनसँग मिलाएर पानी बनाइन्छ ।

“चन्द्रमामा रहेको चट्टानबाट पानी निकाल्ने २० भन्दा बढी तरिका छन् । इल्मेनाइटमा हामी काम गरिरहेको कारण चाहिँ चन्द्रमामा त्यो धेरै मात्रामा पाइनु र यसबाट पानी निकाल्ने प्रक्रियाका लागि आवश्यक कम ऊर्जा हो,” उहाँ भन्नुहुन्छ । सन् १९७२ यता पहिलो पटक चन्द्रमामा मानिस उत्रने सम्भावनाले उत्साहित सार्जेन्ट भन्नुहुन्छ, “मलाई लाग्छ मेरो पुस्ताका मानिसले यस्तो भएको देख्ने छन् । मेरो जीवनकालामा नै चन्द्रमाको आकाशमा एउटा स्थायी आवासीय यान हुने र त्यहाँबाट मानिस चन्द्रमाको सतहमा आउजाउ गरिरहने कुरामा म पूर्ण विश्वस्त छु ।”

सन् २०१७ मा अमेरिकी अन्तरिक्ष यात्रीलाई चन्द्रमा र अन्य गन्तव्यमा पु-याउने अन्तरिक्ष नीतिमा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गर्नुभयो । नासाले सन् २०२८ सम्ममा त्यस्तो गरिसक्ने लक्ष्य राखेको छ । यस पटक नासा नयाँ तरिका अपनाउन चाहन्छ । बुध ग्रहलगायत अन्य अन्तरिक्ष अन्वेषण गर्ने योजनामा चन्द्रमा एउटा अंश मात्रै हो र नासा चन्द्रमामा त्यसका लागि एउटा केन्द्र स्थापना गर्न चाहन्छ ।

“हामी चन्द्रमामा अवतरण गरेर पाइला र झन्डा छोडेर फेरि ५० वर्ष चुप लागेर बस्न चाहन्नौँ,” नासाका प्रशासक जिम ब्राइडेस्टाइनले भन्नुभयो, “हामी यान, रोबोट, वाहन र मानव त्यहाँ दिगो रूपमा बस्ने गरी जान चाहन्छौँ ।” नासाका यसअघिका परियोजनालाई ग्रिक ईश्वर एपोलोको नाम दिइएको थियो । अबको परियोजना एपोलोको जुम्ल्याहा बहिनी आर्टेमिसको नाममा हुने छ र अहिले नै नासाको अन्तरिक्ष यात्री चन्द्रमामा पाइला टेक्ने पहिलो महिला हुने छ भनेर अनुमान सुरु भइसकेको छ । नासासँग ३८ जना सव्रिmय अन्तरिक्ष यात्री छन्; जसमा १२ जना महिला छन् । ब्राइडेस्टाइन भन्नुहुन्छ, “चन्द्रमामा टेक्ने यस्तो व्यक्ति हुने छ; जसको सिप प्रमाणित छ, जो उडिसकेको र अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा पुगिसकेको हुने छ ।”

अन्तरिक्ष यात्रीले चन्द्रमाको सतहमा काम गर्दा चुनौतीको सामना गर्नु पर्छ । पृथ्वीको भन्दा छ भागको एक भाग जति मात्रै गुरुìवाकर्षण हुने भए पनि उनीहरूले गह्रौँ पोसाक लगाउनु पर्छ साथै अन्वेषणका लागि खन्ने, उक्लने र झिक्ने यन्त्रहरू बोक्नु पर्छ; जसले खतरा बढाउँछ । अन्तरिक्ष यात्री लड्दा हड्डी भाँच्चिने वा पोसाकमा प्वाल पार्ने खतरा हुन्छ । चन्द्रमाको धुलोको पनि समस्या छ । एपोलोका यात्रीहरूको पोसाकभित्र धुलो छिर्दा खोकी र श्वासप्रश्वासमा समस्या देखिएको थियो । त्यसलाई नियन्त्रण गर्ने समाधान पत्ता लगाउनु आवश्यक छ । 

नासाको नयाँ पुस्ताको यान ओराइअनमा विकिरण कम गर्ने सामग्री प्रयोग भएका छन् । अमेरिकाको चन्द्रमामा फर्कने योजनाको महìवपूर्ण कोसेढुङ्गा ओराइअन यात्रु यान हो । यसको बनोट हालैका अन्तरिक्ष यानहरूको जस्तो नभई एपोलोसँग मेल खाने खालको छ । धेरैका लागि यसले सबै कुरा सम्भव भएको अन्तरिक्ष अन्वेषणको स्वर्णयुगको प्रतिनिधित्व गर्छ ।

१० टनको यो यानले प्रयोग गरिरहेको प्रविधि सन् १९६० तिर अकल्पनीय थियो र यसलाई निर्माण गर्दाको प्रव्रिmया पनि सृजनशील छ । ओरायनको चार वटा कम्प्युटरले मानिसको सहयोगबिना नै यसले गर्ने लगभग सबै काम गराउन सक्छन् । ती कम्प्युटर बोइङको ७८७ जेटका लागि बनाइएका जस्तै हुन् तर तिनलाई अन्तरिक्ष यात्राका लागि थप बलियो बनाइएका छन् । अन्तरिक्षमा हुनसक्ने खतराका कारण नै चार वटा कम्प्युटर राखिएका हुन् ।

कुनै अवस्थामा ओराइअनको वायु कम भयो भने अन्तरिक्ष यात्रीलाई वायुरहित वातावरणका बाँच्न विशेष पोसाकको व्यवस्था छ र हावा नचलाई चिसो बनाउने व्यवस्था गरिएको छ । ओराइअन चन्द्रमामा पनि पुग्ने योजनाको ठुलो अंश हो । अर्को ठुलो अंश चाहिँ यसलाई अन्तरिक्षमा पु-याउने रकेट हो । त्यो रकेटलाई प्रक्षेपण गर्ने प्रणाली ३० तलाभन्दा अग्लो हुने छ र १३० टनसम्मको भारलाई अन्तरिक्षमा पु-याउन सक्छ । यो रकेट विकास गर्न १२ अर्ब ६० करोड अमेरिकी डलर खर्च अनुमान गरिएको छ । अहिलेको योजना सन् २०२८ मा चन्द्रमाको सतहमा लुनार सरफेस एसेट अथवा केन्द्र स्थापना भएपछि पूर्ण हुने छ ।  

Author

रामप्रसाद आचार्य