• २० जेठ २०८१, आइतबार

सुदूरपश्चिममा दुई गौरा : भदाै ७ र २१ गते मनाइने

blog

दार्चुलाको लेकम–५ स्थित मालिकार्जुन मन्दिर मैखोलीमा गत वर्ष मनाइएको गौरा पर्व । तस्बिरः लोकेन्द्र जोशी

लोकेन्द्रप्रसाद जोशी

दार्चुला, भदौ ४ गते । सुदूरपश्चिम प्रदेशका देव–देवालयहरू (मन्दिर) मा विशेष हर्षोल्लासका साथ मनाइने गौरा पर्व भदौ ७ र २१ गते मनाइने भएको छ । भदौ ७ गते गौरापर्व मनाउनेले पञ्चमीको अवसरमा सोमबार बिरुडा भिजाएका छन् । बिरुडा भिजाएसँगै सुदूरपश्चिममा गौरापर्वको विधिवत् सुरुवात भएको छ । 

नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिद्वारा स्वीकृति प्राप्त नेपालका पञ्चाङ्गहरुमा (सुदूरपश्चिमका अठोला पञ्चाङ्ग, शुभ पञ्चाङ्ग लगायत) ले २०८० भदौ ७ गते गौरापर्व मनाउन उत्तम रहेको बताएका छन् । सुदूरपश्चिमका धेरैजसो स्थानीय ज्योतिषीले भदौ २१ गते गौरा मनाउनु उत्तम रहेको साइत बताएपछि सुदूरपश्चिममा यो वर्ष दुई गौरा हुने भएको हो ।  

संस्कृति, परम्परा र शास्त्रीय मान्यताअनुसार २१ गतेको गौरा उपयुक्त रहेको स्थानीय ज्योतिषले निष्कर्ष निकालेपछि दार्चुलाको लेकम क्षेत्रका अधिकांश गाउँ र सुदूरपश्चिमका विभिन्न गाउँ–ठाउँमा भदौ २१ गते गौरा पर्व मनाउने तयारी भइरहेको छ । दार्चुलाका केही स्थानसहित सुदूरपश्चिमका विभिन्न गाउँमा भदौ ७ गते गौरा मनाइँदैछ । 

गौराका लागि देशकै प्रसिद्ध धाम मालिकार्जुनमा भदौ २१ गते गौरापर्व मनाइँदैछ । मालिकार्जुन धामसहित लेकम क्षेत्र र सुदूरपश्चिमका अधिकांश देव–देवालय (मन्दिर) हरूमा भदौ २१ गते गौरा मनाइने अठोला ज्योतिषी इन्द्रदेव जोशीले बताउनुभयो । 

ज्योतिषीबीचको मतभेदका कारण सुदूरपश्चिममा यो वर्ष दुई दिन गौरापर्व मनाइँदैछ । यो वर्षको गौरापर्व भदौ ७ गते मनाउने कि २१ गते मनाउने भन्नेमा बहस भइरहेका बेला विभिन्न ठाउँ विशेष फरक फरक निर्णय गरेर सोहीअनुसार गौरापर्व मनाइँदैछ । 

गौरापर्व विरुडा पञ्चमीदेखि अष्ठमीसम्म चार दिन सुदूरपश्चिम र कर्णाली प्रदेशका जिल्लामा मनाइने गरिन्छ । पछिल्लो समय काठमाडौंमा समेत गौरापर्वको अवसरमा डेउडालगायत विभिन्न कार्यक्रम आयोजना हुनेगरेको छ । एउटै तिथिमितिमा हुनुपर्ने गौरापर्व यो वर्ष ज्योतिषीको फरक–फरक दृष्टिकोणका कारण दुई तिथिमितिमा हुनेभएको बताइएको छ ।  


मनाउनेले भिजाए बिरुडा

दार्चुलाका केही ठाउँमा गौरा पर्व मनाउन सुरु भएको छ । दुहुँ क्षेत्रका साथै महाकाली तथा शैल्यशिखर नगरपालिकाको केही ठाउँमा सोमबारबाट गौरा मनाउन सुरु भएको छ । पूजामा प्रयोग गरिने पाँच प्रकारका अन्न (बिूजा आराधना गरिन्छ ।  

यो वर्ष २१ गते अगस्ती उदयको दोष भएकाले भदौ ७ गते नै गौरापर्व मनाउनु उपयुक्त हुने पञ्चाङ्गकारहरुले बताएका छन् । गौरा एकादशी तथा जनैपूर्णिमा अघि दुबधागो धारण गर्ने परम्परा नरहेको र सुदूरपश्चिममा २१ गतेपछि मात्रै अगस्ती उदय हुने भएकोले भदौ २१ गते गौराको उपयुक्त साइत रहेको स्थानीय ज्योतिषीले बताएका छन् । 

ज्योतिषीबीच गौराको तिथिका विषयमा मतभेद भएपछि सुदूरपश्चिममा यो वर्ष दुई दिन गौरा हुँदैछ । पञ्चाङ्ग निर्णायक समितिको निर्णयअनुसार सरकारले भदौ ७ र ८ गते गौरापर्वको बिदा दिएपछि २१ गते स्थानीय तहले बिदा दिनुपर्ने माग भइरहेको छ । 


भदौ ७ गतेको गौराका लागि ४ गते बिरुडा पञ्चमी, ५ गते नानी गौरा, ६ गते अमुक्ताभरण सप्तमी र अन्तिम दिन ७ गते गौराष्टमी छ । भदौ २१ मा गौरा मनाउनेको १८ गते बिरुडा पञ्चमी, १९ गते नानी गौरा, २० गते अमुक्ताभरण सप्तमी र २१ गते गौराष्टमी छ । 

गौरामा पूजा आराधनाका साथै डेउडा ढुस्कुलगायत खेल खेल्नुका साथै दमाहालगायत बाजा बजाएर रमाइलो गर्ने गरिन्छ । लेकम क्षेत्रमा गौरा सेलाइसकेपछि समेत विभिन्न मठमन्दिरमा गौरा विशेष मेला (खेडी, धोडी, लमधोडी) लाग्नेगरेका छन् ।