• २२ वैशाख २०८१, शनिबार

‘बालबालिका राष्ट्रिय गौरव हुन्, तस्बिरमा बालबालिका’ फोटो प्रदर्शनी

blog

१८४ औँ फोटोग्राफी दिवसको अवसरमा हनुमानढोका परिसरमा आयोजना गरिएको फोटो प्रदर्शनी अवलोकन गर्दै सर्वसाधारण । तस्बिर :केशब गुरुङ

काठमाडौं, भदौ २ गते । काठमाडौँको हनुमानढोका परिसरमा  १८४ औँ फोटोग्राफी दिवसको अवसरमा फोटो प्रदर्शनीको आयोजना गरिएको छ ।

शनिबार राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (सिविन नेपाल)सँगको सहकार्यमा “बालबालिका राष्ट्रिय गौरव हुन्, तस्बिरमा बालबालिका” फोटो प्रदर्शनी आयोजना गरिएको हो 

प्रदर्शनीमा २५ जना फोटो पत्रकारका बालअधिकारको संरक्षण र प्रवर्द्धनमा समाजमा आएको सकारात्मक परिवर्तनलाई चित्रण गर्ने प्रकारका बालबालिका सम्बन्धी ६२ वटा तस्बिर राखिएको राष्ट्रिय फोटो पत्रकार समूह, नेपालका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिनुभयो ।

उक्त फोटो प्रदर्शनीले “बालबालिका राष्ट्रिय गौरव हुन्” अभियानलाई अझ बढी बल पुगेको र बालअधिकार आन्दोलनलाई अगाडि बढाउन महत्त्वपूर्ण सहयोग हुने जानकारी गराउनुभयो ।


Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।