जानु पाण्डे
कपिलवस्तु, साउन ३१ गते । कपिलवस्तुको शिवराज नगरपालिकामा निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । पालिकाको वडा ३ मदवामा भएको शिविरमा ३९० जनाले आखाँ परीक्षण गराएका छन् ।छन्दे कालेबाबु नारायणी आँखा अस्पताल बहादुरगञ्जका स्वास्थ्यकर्मीले चेकजाँच गरेका थिए ।
समुदायमा आँखा पाक्ने रोगको संक्रमण बढ्दै गएकाले शिविरबाट लाभान्बित भएको वडा ३ का अध्यक्ष टेकलाल सापकोटाले बताउनुभयो । चनई स्वास्थ्य चौकीका प्रमुख जितेन्द्र बिसीका अनुसार सो संख्याका विरामीको आँखा पाक्ने रोगका बिरामीको उपचार भएको थियो ।
शिविरमा २२ जना मोतियाबिन्दुका बिरामीलाई अप्रेशनका लागि रेफर गरिएको छ । समस्या देखिएका ६९ जना बिरामीलाई चश्मा वितरण गरिएको आँखा अस्पतालका प्रमुख प्रशासकीय अधिकृत जसराज विश्वकर्माले बताउनुभयो ।