• १४ मंसिर २०८१, शुक्रबार

चितुवाले ५२३ पशु चौपाया खायो

blog

फाइल तस्बिर

अर्जुन काफ्ले

स्याङ्जा, साउन २४ गते । स्याङ्जामा गत आर्थिक वर्षमा चितुवाले ५२३ वटा पशु चौपाया खाएको छ । तीन जना व्यक्तिलाई घाइते बनाएको छ । यहाँ चितुवाले ८८ बाख्रा, २२ भैँसी, पाडा, पाडी र १३ गाई, बाच्छा, बाच्छी खाएको हो । 

डिभिजन वन कार्यालयका प्रमुख होमबहादुर बल्छौडीले पालिकामा सबैभन्दा धेरै आँधिखोलामा २६६ वटा, वालिङमा १५१ वटा, पुबनपामा ६६ वटा र अन्य पालिकामा ४० वटा पशु चौपाया खाएको बताउनुभयो । चितुवाको आक्रमणमा अर्जुन चौपारी, आँधीखोला र वानपामा एक–एक जना मानिस घाइते भएको बल्छौडीले बताउनुभयो । 

उहाँले चितुवाको आक्रमणबाट घाइते मानिसलाई उपचारको बिलको आधारमा एक लाख ११ हजार ७६५ रुपियाँ राहत प्रदान गरेको बताउनुभयो । यस्तै, पशु चौपायाको क्षति भएका परिवारलाई १५ लाख ८५ हजार २६५ रुपियाँ राहत प्रदान गरिएको उहाँको भनाइ छ । 

सब-डिभिजन वन कार्यालयको छानबिन, वडाको सिफारिस, पालिका पशु शाखाको सिफारिस र राहत रकम सिफारिस समितिको अन्नपूर्ण संरक्षण क्षेत्रलाई पठाएको विवरणको आधारमा राहत रकम प्रदान गरिएको छ । 

चितुवाको आक्रमणबाट मरेका पशु चौपायाको आकार हेरेर बाख्राको बढीमा १० हजारसम्म र भैँसी तथा गाइको बढीमा २५ हजारसम्म क्षतिपूर्ति प्रदान गरिएको बल्छौडीले बताउनुभयो ।  

चितुवाले तथ्याङ्कभन्दा धेरै पशु चौपाया खाएको बताउँदै डिभिजनल प्रमुख बल्छौडीले टाढाबाट आउँदा बढी खर्च हुनेभएकाले राहतको माग दाबी नगरेको बताउनुभयो ।