• १५ असार २०८१, शनिबार

रोल्पामा बस दुर्घटना

blog

शहीदमार्ग अन्तर्गत रोल्पाको परिवर्तन गाउँपालिका–७ ऋचि भन्ने स्थानमा दुर्घटनामा परेको बस । तस्बिर : बुद्धिमान वली

लीलाधर वली
घोराही, साउन २३ गते ।
रोल्पामा यात्रवाहक बस दुर्घटनामा परेको छ । शहीदमार्ग अन्तर्गत रोल्पा बागमाराबाट दाङ घोराहीतर्फ आउँदै गरेको ना ५ ख २६१२ नम्बरको बस परिवर्तन गाउँपालिकाको वडा नं. ७ ऋचि भन्ने ठाउँकाे घुम्तीमा दुर्घटनामा परेको हो ।

प्रमुख जिल्ला अधिकार परमानन्द घिमिरेले बस सडकबाट करिब १०० मिटर तल खसेको जानकारी दिनुभएको छ । उहाँका अनुसार दुर्घटनामा मृत्यु भएको भन्ने खबर भए पनि कति भन्ने अझै नखुल्न सकेको छैन ।

उहाँका अनुसार दुर्घटनामा परेकाहरुको उद्धार गरेर अहिले अस्पताल लग्ने काम भइरहेको छ । उद्धारको कार्यमा नेपाली प्रहरी, सशस्त्र प्रहरीलगायत स्थानीयहरु खटिएका छन् । बसमा कति यात्रु थिए भन्ने खुल्न सकेको छैन ।