• ३० वैशाख २०८२, मङ्गलबार

स्वास्थ्यजन्य फोहोरमाथि नगरप्रमुखको निगरानी

blog

स्वास्थ्यजन्य सरसफाइको निगरानीमा नगरपालिका प्रमुख विष्ट । तस्बिर : सावित्री गिरी

सावित्री गिरी

कोहलपुर, साउन १७ गते । नेपालगन्जको स्वास्थ्यजन्य फोहोरमाथि नेपालगञ्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त विष्टले निगरानी बढाउनुभएको छ । बिष्टले  बुधबार बिहानै सडकमा निस्केलगत्तै सो विषयमा चिन्ता व्यक्त गर्नुभयो । 

मोर्निङवाकको हुलियामा घरबाट निस्कनुभएका विष्टले नेपालगन्जका विभिन्न स्थानको फोहोर अवलोकन गर्नुभयो । बिष्टले त्रिभुवनचोकबाट सदरलाइन हुँदै जिल्ला प्रशासन कार्यालय अगाडिको बाटो भएर भेरी अस्पताल पुगेपछि यस विषयमा गम्भीर भएर लाग्ने बताउनुभयो । 

प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल सँगसँगै चारबाहिनी चोकसम्म पुग्दैगर्दा उहाँहरुले सडकमा स्वास्थ्यजन्य फोहाेरसँगै सरसफाइको अवस्थाबारे अनुगमन गर्नुभयो ।  “स्वास्थ्यजन्य फोहाेर व्यवस्थापनमा मेडिकलले लापर्वाही गरिरहेको पाएपछि निगरानी बढाएका छौं, स्वास्थ्यजन्य फोहर प्रशोधन केन्द्र नै सञ्चालन गरेर दैनिकरुपमा फोहर संकलन भइरहँदा पनि लापर्बाही गर्ने छुट कसैलाई छैन” उहाँले भन्नुभयो । 

भेरी अस्पताल अगाडि भेटिनुभएका विष्टले भन्नुभयो, “स्वच्छ, सफा र हरितनगर बनाउने अभियानका लागि हामी गम्भीर ढङ्गले लागेका छौं, सरोकारवाला संगसंगै हरेक नागरिकले आफ्नो व्यवहार परिवर्तन गर्न जरुरी छ ।” 

प्रमुख प्रशासकीय अधिकृत रिजालले स्वयं नागरिकमा इमानदारी, जागरुकता र जिम्मेवारीपन भए सफा र स्वच्छ नगर बनाउने उपमहानगरपालिकाको अभियान छिट्टै सार्थक हुने उहाँको विश्वास छ ।