• २३ वैशाख २०८१, आइतबार

आइटीएफ तेक्वान्दो टोली भारत प्रस्थान

blog

सातौँ दक्षिण एसियाली आइटीएफ तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन भारत गएको टोली । तस्विर : सिराज खान

सिराज खान 

नेपालगन्ज, साउन १७ गते । भारतको हैदराबादमा सञ्चालन हुने सातौँ दक्षिण एसियाली आइटीएफ तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन ११ जना खेलाडीसहित १४ सदस्यीय टोली नेपालगन्जबाट भारत प्रस्थान गरेको छ । 

नेपाल आइटीएफ तेक्वान्दो महासंघका केन्द्रीय सदस्य विरेन्द्र शाहीले अगस्त ४ देखि ६ तारिखसम्म भारतको हैदराबादमा हुने सातौँ दक्षिण एसियाली आइटीएफ तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन दाङ, बाँके र कर्णाली प्रदेश सुर्खेतका ११ जना खेलाडीसहित १४ जनाको टोली जमुनाह नाका भएर भारत गएको बताउनुभयो । 

उहाँले सो टोलीमा बाँकेका ६, दाङका ४ र सुर्खेतका एक गरेर ११ जना खेलाडि, एक जना कोच, एक जना रेफ्री र एक जना टिम म्यानेजर रहेको बताउनुभयो । सो प्रतियोगितामा नेपालबाट ६४ जना खेलािडको सहभागिता रहने जनाउँदै नेपाल आइटीएफ तेक्वान्दो महासङ्घका केन्द्रीय सदस्य शाहीले अरु खेलाडी काठमाडौं, विराटनगरलगायत स्थानबाट भारत गएको बताउनुभयो । 

टोलीलाई लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य नरेन्द्र थापालगायत जिल्ला खेलकुद विकास समितिका पदाधिकारी र नेपाल आइटीएफ तेक्वान्दो महासंघका सदस्यले बिदाइ गर्नुभयो ।