• १४ मंसिर २०८१, शुक्रबार

एनआइएमबीको चार अर्बको ऋणपत्र

blog

काठमाडौँ, साउन १७ गते । नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कले चार अर्ब चार करोड रुपियाँ बराबरको ४० लाख ४० हजार कित्ता ऋणपत्र निष्कासन गर्ने भएको छ । बैङ्कले वार्षिक १० प्रतिशत ब्याजदर भएको ‘एनआईएमबी डिभेन्चर २०९०’ ल्याउन लागेको हो ।

बैङ्कले सर्वसाधारणका लागि १६ लाख १६ हजार कित्ता ऋणपत्र बिक्री गर्ने तथा बाँकी रहेको २४ लाख २४ हजार कित्ता ऋणपत्र विभिन्न व्यक्ति तथा संस्थालाई बिक्री गर्ने बैङ्कले जनाएको छ ।

ऋणपत्रको परिपक्‍व अवधि १० वर्षको छ भने बैङ्कको ऋणपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।