• १२ मंसिर २०८१, बुधबार

महानगरले विद्यालयमा डेंगी रोकथाम सम्बन्धमा चित्रकला आयोजना गर्ने

blog

फाइल तस्बिर

काठमाडौं, साउन १६ गते। काठमाडौं महानगरपालिकाले डेंगी रोग समयमै रोकथाम तथा नियन्त्रण सम्बन्धमा विद्यालयमा चित्रकला आयोजना गर्दैछ।

महानगरको शिक्षा विभाग प्रमुख सीतराम कोइरालाका अनुसार स्वास्थ्य विभागमा भएको शिक्षा तथा स्वास्थ्य समितिको बैठकको निर्णय अनुसार महानगरभित्र रहेका विद्यालयमा डेंगी रोकथाम तथा नियन्त्रणका लागि अपनाउनुपर्ने विधि विद्यालयमा अध्ययन गर्ने विद्यार्थी मार्फत अभिभावकसम्म पुर्‍याउने उद्देश्यले चित्रकला आयोजना गर्ने निर्णय भएको हो।

यसका लागि विद्यालयले आन्तरिक चित्रकला प्रतियोेगिताबाट एकजना सर्वोतकृष्ट विद्यार्थी छनौट गरी आफ्नो स्रोत केन्द्रमा पठाउनुपर्ने महानगरले जनाएको छ। 

विद्यालयमा साउन १९ गते, स्रोत केन्द्रमा साउन २६ गते र महानगरमा भदौ १ गते चित्रकला आयोजना हुने कार्यतालिका तय भएको छ।