• ३ असार २०८१, सोमबार

पीडा लुकाई हाँसेँ (कविता)

blog

पीडा लुकाइ हाँसेँ

व्यथा लुकाइ हाँसेँ

आत्मा रुवाइ भित्र

आँसु लुकाइ हाँसेँ ।


छातीभरि छ चोट

भित्रै लुकाइ हाँसेँ

मनमा भूकम्प जाँदा

भित्रै छिपाइ हाँसेँ ।


बनावटी म हाँसेँ

सुखी नमसम्झ साथी

दुःखी छु भित्रभित्रै

मौजी नसम्झ साथी ।


पोल्दै टन्कन्छ घाउ

त्यसै अल्झन्छ पाउ

केले अगाडि जाऊँ

कस्तो म गीत गाऊँ ?