• ३ असार २०८१, सोमबार

गजल

blog

मेरो बास उनले उठाएर के भो

उनको साथ मैले नपाएर के भो ।


सुनको दान मैले गरेँ धरहरामा ।

सुनकै मात्र औँठी नलाएर के भो ।


आफ्नै काम गर्दा कुरा काट्छ धेरै ।

साथीबाट उसले हटाएर के भो  ।


मैले प्रेम गर्दा सधैँ भाउ खोज्छिन्

उनको नाम दिलमा सजाएर के भो ।


जीवनभर कुनै मान पाएन जसले

मर्दा शव उसैको घुमाएर के भो ।


मेरो दिल जलायौ नकोरी सलाई

पानी हाल्न दमकल मगाएर के भो ।