• ७ वैशाख २०८१, शुक्रबार

ढल्केबरमा राखियो राष्ट्रिय झन्डा

blog

 विजयकुमार साह 

ढल्केबर, साउन १३ गते । धनुषाको ढल्केबरमा राष्ट्रिय झन्डा राखिएको छ। मधेश प्रदेशको राजधानी जनकपुरधामको मुख्य प्रवेशद्वार ढल्केबरमा शुक्रबार स्थानीय क्लब तथा विभिन्न सङ्घसंस्थाको सहयोगमा १५ वटा राष्ट्रिय झन्डा राखिएको छ। 

पूर्वपश्चिम राजमार्गसँग जोडिएको नेपालकै सबैभन्दा ठुलो महेन्द्र पार्कका तीन वटै कुनामा मिथिला उद्योग वाणिज्य सङ्घ, खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, मिथिला लायन्स क्लब र मिथिला ब्याडमिन्टन क्लब ढल्केबरले उक्त झन्डा राखेका हुन्।

मिथिला उद्योग वाणिज्य सङ्घका अध्यक्ष तेजनारायण साहले राष्ट्रिय झन्डाको सम्मान तथा चोक सुन्दर बनाउन झन्डा राखिएको बताउनुभयो। उहाँले पार्कको सौन्दर्यीकरण र चोकको फोहोर व्यवस्थापनका लागि पनि स्थानीय क्लब तथा सङ्घसंस्था मिलेर सहयोग गर्ने जानकारी दिनुभयो।