पविता पौडेल
सैनामैना, साउन ९ गते । अविरल वर्षाका कारण सैनामैना नगरपालिका ८ रामापुर डुबानमा परेको छ । स्थानीय शङ्खमुनि थारुको घर र सोही वडामा रहेको सतचिन्तन प्रतिष्ठानको भवन डुबानमा परेको हो ।
स्थानीय इङ्गुरिया नदीमा आएको बाढी पसेर डुबानमा परेपछि सोही वडाका वडाँ अध्यक्ष बुद्धिराम चौधरीको नेतृत्वमा इप्रका सालझण्डीको प्रहरी टोली र स्थानीयहरु संयुक्तरूपमा उद्धारमा जुटेका छन् । हालसम्म कुनै मानवीय क्षति नभएको स्थानीय नागरिक अगुवा लेखनाथ गैरेले जानकारी दिनुभयो ।
यसअघि करिब एक महिना वर्षा नभएपछि खडेरीले बोटबिरुवा सुकेका थिए । यस्तै, सैनामैनामा ६० प्रतिशत मात्रै धान रोपाइँ भएको छ ।