• २३ असार २०८२, सोमबार

वर्तमान सरकार बीपी कोइरालाबाट प्रेरित छ : उपप्रधानमन्त्री खड्का

blog

काठमाडौं, साउन ६ गते। उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकार बीपी कोइरालाबाट प्रेरित हुँदै लोभ र डरबाट मुक्त भएर देश र जनताको पक्षमा काम गरिरहेको बताउनुभएको छ।

बीपी स्मृति दिवसका अवसरमा बीपी सङ्ग्रहालय सुन्दरी जलमा आयोजितलाई समारोहलाई सम्बोधन गर्नुहुँदै उपप्रधानमन्त्री खड्काले संविधानमा सुनिश्चित गरिएका नागरिकका सबै अधिकार र सामाजिक न्यायका काम  बीपी कोइरालाको सिद्धान्त अनुरूप भएको बताउनुभयो।

बीपी कोइरालाले नागरिकलाई अधिकार सम्पन्न बनाउन बेला बेलामा कठोर निर्णय लिने गरेको स्मरण गर्दै उपप्रधानमन्त्री खड्काले अहिले आफूहरूले पनि कुनै कठिन राजनीति निर्णय गर्दा होस वा पार्टी र सरकार सञ्चालन गर्दा बीपी कोइरालालाई सम्झेर निर्णय गर्ने गरेको जानकारी दिनुभयो।

बीपी कोइरालाको सिद्धान्त अनुरूप नै अहिलेको संविधानले नागरिकका धेरै अधिकार सुरक्षित गरेको र अब सरकार र राजनीतिक शक्तिहरूले जनतामा थप विश्वास जगाउने काम गर्न  सके बीपी कोइरालाप्रति सच्चा सम्मान एवम्  श्रद्धाञ्जली हुने उपप्रधानमन्त्री खड्काको भनाइ थियो। 

सो अवसरमा उपप्रधानमन्त्री खड्काले सुन्दरीजल स्थिति बीपी सङ्ग्रहालयमा कांग्रेस संस्थापक नेता बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई लगायतका नेताको  सालिकमा माल्यार्पण गर्नुका साथै सङ्ग्रहालय परिसरमा वृक्षारोपणसमेत गर्नुभयो।