• २० असोज २०८१, आइतबार

बीपीको सालिक अनावरण

blog

बीपी कोइराला ४१औँ स्मृति दिवसका अवसरमा सुनसरीको इनरुवा–९ बबियामा बीपी कोइरालाको प्रतिमा अनावरण कार्यक्रममा उपस्थित हुनुहुँदै नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा । तस्बिर : नवीन गड्तौला / रासस

इनरुवा, साउन ६ गते । बीपी कोइरालाको ४१औँ स्मृति दिवसका अवसरमा आज (शनिबार) सुनसरीको इनरुवामा उहाँको पूर्णकदको सालिक अनावरण गरिएको छ ।

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इनरुवा–९ बबियामा बीपी कोइरालाको पूर्णकदको सालिक अनावरण गर्नुभयो । इनरुवा नगरपालिकाको रु १५ लाखको लागतमा सालिक निर्माण गरिएको पार्टीका जिल्ला सभापति तथा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले जानकारी दिनुभयो । रासस