• १३ पुस २०८१, शनिबार

प्रधानमन्त्री प्रचण्डलाई भेटेर पूर्वराष्ट्रपति डा यादवद्वारा समवेदना व्यक्त

blog

प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्न आउनुभएका शुभचिन्तकलाई अभिवादन गर्नुहुँदै । फाइल तस्बिर

काठमाडौं, असार ३० गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जीवनसङ्गिनी सीता दाहालको निधनप्रति पूर्व राष्ट्रपति डा रामवरण यादवले दुःख व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटार पुगेर पूर्वराष्ट्रपति डा यादवले आज प्रधानमन्त्री र उहाँको परिवारप्रति समवेदना प्रकट गर्नुभएको हो। 

आजै पूर्वराष्ट्रपति विद्या भण्डारीकातर्फबाट पनि माधव भण्डारीले पनि प्रधानमन्त्री र उहाँको परिवारलाई भेट गरी दुःख व्यक्त गर्नुभएको छ। यस्तै,  विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक नियोगका प्रतिनिधिले पनि प्रधानमन्त्री प्रचण्डलाई समवेदना प्रकट गर्नुभएको छ भने सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

आजै राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरु बुद्धिमान तामाङ, रवीन्द्र मिश्रलगायतले पनि समवेदना प्रकट गर्नुभएको छ। यस्तै, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, शुभेच्छुकहरुले पनि प्रधानमन्त्री निवास बालुवाटार पुगी समवेदना प्रकट गर्नुभएको छ। 

प्रधानमन्त्रीको सचिवालयका अनुसार राजनीतिक दलका नेता तथा कार्यकर्ता एवम् शुभेच्छुकले प्रधानमन्त्री पत्नी सीताको तस्विरमा माल्यापर्ण गरी श्रद्धाञ्जली अर्पण गर्नुभयो। प्रधानमन्त्रीको सचिवालयले समवेदना प्रकट गर्न आउने शुभेच्छुकका लागि साँझ र बिहानको समय निर्धारण गरेको छ। रासस