• १६ चैत २०८०, शुक्रबार

एमालेले प्रधानमन्त्रीको राजीनामा मागेर गल्ती गर्‍यो : राजेन्द्र पाण्डे

blog

उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे । फाइल तस्बिर

काठमाडौं, असार २३ गते । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले एमालेले स्पष्टीकरणको मौकासमेत नदिई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग गरेर गल्ती गरेको टिप्पणी गर्नुभएको छ ।

शनिबार समाजवादी मोर्चाको बैठकपछि सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उहाँले सो कुरा बताउनुभएको हो । एमालेले प्रधानमन्त्री प्रचण्डलाई स्पष्टीकरणको मौकासमेत नदिई राजीनामा मागेर फसेको उहाँको दाबी थियो । उपाध्यक्ष पाण्डेले सत्तारुढ गठबन्धनले प्रधानमन्त्री दाहालले राजीनामा दिनु नपर्ने निर्णय लिएको समेत स्मरण गराउनुभयो । 

उहाँले भन्नुभयो, ‘‘एमालेले असंसदीय, गैर संसदीय व्यवहार देखायो । प्रधानमन्त्रीको राजीनामाको प्रश्न थियो भने पनि उहाँहरुले बोल्नु पथ्र्यों । संसदमा माग गर्ने विषय हुन्थ्यो । राजीनामा लिएर आऊ भन्ने कुरा हुँदैन । संसदमा उहाँहरुले कुरा उठाउन सक्नुहुन्थ्यो । के बोलेको हो तपाईंले भनेर प्रधानमन्त्रीसँग क्लियरीफिकेशन माग्न सकिन्थ्यो । तर उहाँहरुले पहिल्यै राजीनामा माग्नुभयो । मलाई लाग्छ–एमाले पार्टी फस्यो, संसदीय मोर्चामा । यो गलत काम हो ।’’

एमालेले भारतीय नागरिक प्रितम सिंहबारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गर्दै संसद बैठक अवरुद्ध गर्दै आएको छ ।