• २३ वैशाख २०८१, आइतबार

गोरखापत्रकर्मी वसन्त पराजुली सम्मानित

blog

भरतपुर असार १६ गते । गोरखापत्रकर्मी वसन्त पराजुली सम्मानित हुनुभएको छ । पत्रकारिता र साहित्यका क्षेत्रबाट समाज सेवामा पुर्याएको योगदानको कदर गर्दै नेपाल रेडक्रस सोसाइटी चनौली उपशाखाले पराजुलीलाई सम्मान गरेको हो । 

उपशाखाको शनिबार सम्मन्न २९ औं साधरण सभामा बागमती प्रदेश सभाका सदस्य संसद माया श्रेष्ठले पराजुलीलाई सम्मान गर्नुभएको हो ।

 कार्यक्रममा पराजुलीसहित हरिप्रसाद न्यौपाने, चन्द्रवीर प्रजापति र दर्शमाया श्रेष्ठलाई सम्मान गरिएको छ ।यसैबीच सोही अवसरमा नयाँ एम्वुलेन्स उद्घाटन गरिएको छ । 

भन्सार छुटमा २१ लाख रुपियाँमा खरिद गरिएको सो एम्बुलेन्सका लागि भरतपुर महानगरको वडा नम्वर २० वाट ५ लाख र वडा नम्बर १८ ले ३ लाख रुपियाँ आर्थिक सहयोग गरेको उपशाखाका अध्यक्ष ओमप्रसाद लामिछानेले जानकारी दिनुभयो । 

बाँकी रकम भने रेडक्रसकै आन्तरिक स्रोतबाट जोहो गरेर एम्बुलेन्स खरिद गरेको हो ।