• ७ असार २०८१, शुक्रबार

गोरखापत्रकर्मी शाक्यलाई एनओसी उत्कृष्ट छापामाध्यम अवार्ड

blog

एनओसी अवार्ड विजेताहरु ।

काठमाडौं, असार ९ गते । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले गोरखापत्र दैनिकका खेलपत्रकार प्रजित शाक्यसहित चार पत्रकारलाई एनओसी उत्कृष्ट अवार्ड प्रदान गरेको छ ।

अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा एनओसीले शुक्रबार राति शाक्यलाई उत्कृष्ट छापामाध्यम अवार्ड, शीलापत्र डटकमका सरोज तामाङलाई उत्कृष्ट मल्टी मिडिया अवार्ड, नेपाल टेलिभिजनका प्रज्वल शाक्यलाई उत्कृष्ट भिज्युअल मिडिया अवार्ड, अन्नपूर्ण पोस्टका सुनिता डङ्गोललाई उत्कृष्ट फोटो पत्रकार अवार्ड प्रदान गरेको हो । चारै जनालाई अवार्डसहित जनही ५० हजार रुपियाँ प्रदान गरियो ।

यसैगरी एनओसी वर्ष खेलाडी अवार्ड पुरुषतर्फ एथलेटिक्सका दीपक अधिकारी र महिलामा पारा तेक्वान्दोकी सृजना घिसिङलाई, प्रशिक्षकतर्फ पारा तेक्वान्दोका कविराज नेगी र महिलामा टेनिसकी रेनु देवी कोन्डालाई उत्कृष्ट प्रशिक्षक अवार्ड प्रदान गरिएको छ । एनओसीले नेपाल बक्सिङ सङ्घलाई उत्कृष्ट सङ्घको अवार्ड प्रदान गरेको छ ।