• ११ मंसिर २०८१, मङ्गलबार

क्याम्पसलाई रचनात्मक ढङ्गले सहयोग गर्ने प्रतिबद्धता

blog

काठमाडौं, असार ४ गते । ताहाचलस्थित महेन्द्ररत्न क्याम्पसमा अध्ययन गरेका पूर्व विद्यार्थीले क्याम्पसलाई रचनात्मक ढङ्गले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । पूर्व विद्यार्थीहरुको पुनर्मिलन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा वक्ताहरूले यस्तो विचार व्यक्त गरेका हुन् ।

यस क्याम्पसमा अध्ययन गरेका पूर्व विद्यार्थीहरुको भावनात्मक सम्बन्धलाई प्रगाढ बनाउने र क्याम्पसलाई रचनात्मक ढङ्गले सहयोग पुर्याउने उद्देश्यले विद्यार्थीले पूर्व विद्यार्थी समाज गठन पनि गरेका छन् । 

सो भेलाले यस क्याम्पसका पूर्व स्ववियू सभापति मोहन गौतमको संयोजकत्वमा एक तदर्थ समिति गठन गरिएकोे छ । 

कार्यक्रममा क्याम्पसका क्याम्पस प्रमुख गेहेन्द्र दाहालले शिक्षा क्षेत्रको विकासका लागि यस क्याम्पसमा अध्ययन गरेको विद्यार्थीको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । 

स्ववियुका पूर्व सभापति डिल्लीराम शर्माले पूर्व विद्यार्थी समाज गठनबाट यस क्याम्पसमा अध्ययन गरेको विद्यार्थीबीच समन्वय मिलेर काम गर्न सजिलो हुने बताउनु भयो । 

पूर्व स्ववियु सभापति अनिल रिजाल, स्ववियु सभापति ईश्वर थापाले विद्यार्थी र क्याम्पसको हितका विषयमा चर्चा गर्नुभयो ।