• ९ पुस २०८१, मङ्गलबार

दश वर्ष वित्दापनि बन्न सकेन पुल

blog

सप्तरीको हुलाकी लोक मार्ग अन्तर्गत राजविराज–कञ्चनपुर सडक खण्डको बेनौलीमा एक दशक अघि देखि निर्माणाधीन पुल । तस्विरः देवरामप्रसाद

देवराम प्रसाद यादव

सप्तरी  असार १  गते । हुलाकी राजमार्गको राजविराज–कञ्चनपुर सडक खण्डको डीमन–बेनौलीमा  पर्ने पुलको निर्माण सुरु भएको  एक दसक हुन लाग्यो तर पुल निर्माणको कार्य अझै पुरा हुन सकेको छैन। नियामक निकायसँगको मिलोमतोमा निर्माण कम्पनीको लापरबाहीका कारण हुलाकी राजमार्गको  राजविराज–कञ्चनपुर सडक खण्डको बेनौलीमा निर्माणाधीन पुलको निर्माण सुरु भएको  एक दशक बितिसक्दा पनि बन्न सकेको छैन । 

एक दशक पुगे पनि पुलको निर्माण पुरा हुन सकेको छैन । राजविराज–कञ्चनपुर सडक खण्डको बेनौलीमा निर्माणाधीन पुलको निर्माण कार्यलाई अलपत्र छाडेर ठेकेदार कम्पनी सम्पर्क विहीन हुँदा पनि सडक विभागले कुनै चासो नदेखाएको स्थानीय राजाराम यादवले बताउनु भयो । उहाँले सो पुल नजिकको मुन्तिरको बाटो प्रयोग गर्दा बर्षायाममा ज्यानको जोखिम मौलेर उक्त खोलामा बाढीको समयमा तर्दा तीव्र गतिको बाढीको चपेटमा परि बर्सेनि कैयौ यात्रीको  दुर्घटनामा पर्ने गरेको स्थानीय बताउनु हुन्छ ।

सरकारी तन्त्रको लापरबाहीले हजारौँ सर्वसाधारण जनतालाई आवतजावत गर्ने बाटो जोखिम पूर्ण भए पनि सर्वसाधारणको अति दुःखदायी पिडा हेर्ने तिनै तहका नेता मौन रहेको छ ।