• १२ साउन २०८१, शनिबार

नवनियुक्त मुख्य सचिव डा. अर्यालद्वारा पदभार ग्रहण

blog

काठमाडौं, जेठ ३२ गते । नवनियुक्त मुख्य सचिव डा. वैकुण्ठ अर्यालले पदभार ग्रहण गर्नुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बिहीबार बिहान बसेको नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले उहाँलाई मुख्य सचिवको पदमा  नियुक्त गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत डा. अर्याल एक कुशल र शालीन प्रशासकका रूपमा परिचित हुनुहुन्छ । नेपाल सरकारका ७२ जना सचिवमध्ये अर्याल सबैभन्दा वरिष्ठ सचिव हुनुहुन्छ । 

अर्थविद्समेत रहनुभएका डा. अर्यालले अर्थ मन्त्रालयमा रहँदा विभिन्न जिम्मेवारीमा रहेर महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ ।

यो पनि पढ्नुहोस

मुख्यसचिवमा डा. वैकुण्ठ अर्याल नियुक्त