• १३ असोज २०८१, आइतबार

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

blog

काठमाडौँ,  जेठ ३१ गते । राष्ट्रपति रामचन्द्र पौडेल नियमित स्वास्थ्य परीक्षण तथा उपचारपछि अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा नियमित स्वास्थ्य परीक्षण तथा उपचार गरी २४ घण्टा अवलोकनमा रहनुभएका उहाँ आज बिहान डिस्चार्ज हुनुभएको अस्पतालका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीले जानकारी दिनुभयो । 

 डा. अधिकारीका अनुसार राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ । रासस