• १४ जेठ २०८१, सोमबार

सेयर बजारले दुई हजारको बिन्दु नाघ्यो, कारोबार चार अर्बमाथि

blog

काठमाडौँ, जेठ ३१ गते । लगातार सुधारिएको सेयर बजारले दुई हजारको बिन्दु नाघेको छ । सेयर बजारमा सुधारले साताको तेस्रो दिन पनि निरन्तरता पाएको छ भने कारोबार रकम चार अर्ब नाघेको छ । 

मङ्गलबार सेयर बजारमापक नेप्से परिसूचक ३४.१७ अङ्कले उकालो लागेर दुई हजार २०.६४ को बिन्दुमा पुगेर रोकिएको छ । 

सेन्सेटिभ इन्डेक्स पनि ६.५२ अङ्कले उकालो लागेर ३७९.८७ को बिन्दुमा पुगेर रोकिएको छ । समग्रमा तेस्रो दिनको नेप्से १.७२ प्रतिशतले उकालो लागेको छ भने सेन्सेटिभ इन्डेक्स पनि १.७५ प्रतिशतले उकालो लागेको छ । लगातार छ दिनदेखि उकालो लागिरहेको नेप्से मङ्गलबारसम्म १२० अङ्कले उकालो लागिसकेको छ ।