• १४ मंसिर २०८१, शुक्रबार

डुबेर दुई बालककाे मृत्यु

blog

दुई जना बालबालिका डुबेर मरेको खजुरा परैना नजिकैको मानखोला । तस्विर : सिराज खान । नेपालगञ्ज

सिराज खान 

नेपालगञ्ज, जेठ २९ गते । बाँकेको खजुरा गाउँपालिकास्थित पुरानै नजिकै मानखोलामा पौडी खेल्न गएका दुई जना बालबालिकाको खोलामा डुबेर मृत्यु भएको छ । 

प्रहरीका अनुसार अत्यधिक गर्मीका कारण खजुरा ६ दस बिगाहाका चार जना बालबालिका नजिकैको मानखोलामा सोमवार दिउँसो १२ बजेतिर नुहाउन गएकोमा दुई जना खोलामा डुबेका थिए । 

इलाका प्रहरी कार्यालय धनौली खजुराका प्रमुख प्रहरी निरीक्षक सन्दीप बेलवासेले दिनुभएको जानकारी अनुसार खोलामा नुहाउन गएका १८ वर्षकी लक्ष्मी डाँगी र ९ वर्षका किरण नेपाली डुबेर बेपत्ता भएको खबर आएलगत्तै पुगेको प्रहरीले खोजतलास गर्दा बालिका डाँगीको शव भेटिएको थियो भने नेपालीको शव अपराह्न तीन बजे मात्र भेटिएको हो । 

प्रहरी निरीक्षक बेल्वासेले नुहाउन गएका अन्य दुई जना बालबालिका भने सकुशल रहेको जनाउँदै डुबेर मरेका बालबालिकाको मुचुल्का तयार गरेर शवलाई पोस्टमार्टमका लागि नेपालगञ्जस्थित भेरी अस्पतालमा पठाइएको बताउनुभयो । 

अत्यधिक गर्मीका कारण बालबालिका खोला नालामा नुहाउन जाने क्रम बढेको भन्दै बाँके प्रहरीले साना बालबालिकालाई एक्लै खोला नालामा जान नदिन अभिभावकहरूसँग आग्रह गरेको छ ।