• ६ चैत २०८०, मङ्गलबार

मनसुनी वायु केरला आइपुग्यो, नेपाल आइपुग्न बाह्र दिन लाग्ने

blog

फाइल तस्बिर

काठमाडौं, जेठ २५ गते । यसपालिको मनसुनी वायु भारतको दक्षिणी भाग केरला आइपुगेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्षको मनसुनी वायु भारतको दक्षिणी भाग केरला आइपुगेको छ ।  

महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार केरला आइपुगेको मनसुनी वायु नेपालमा सरदर १२ दिनपछि आइपुग्छ । तर, कहिलेकाहीँ एक दुई दिन अघि वा पछि पनि हुन सक्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “यसपालिको मनसुनी वायु भारतको दक्षिणी भाग केरला आइपुगेको छ । केरला आइपुगेको वायु नेपालमा सरदर १२ दिनपछि आइपुग्छ । तर, कहिलेकाहीँ एक दुई दिन अघिपछि पनि हुन्छ ।” 

महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार केरला आइपुगेको मनसुनी वायु नेपालमा सरदर १२ दिनपछि आइपुग्छ ।

अहिले भारतको केरलाको आकाशमा बादलहरू निर्माण भइरहेका उहाँले बताउनुभयो । मनसुनी वायु बादल लगाउने र पानी पार्ने वायु हो । सामान्यतया भारतको केरलामा जुन १ मा मनसुनी वायु देखापर्दा नेपालमा जुन १३ मा मनसुनी वायु भित्रने गर्थ्यो । मनसुन वायु नेपाल कति चाँडै आउँछ भन्ने कुरा वायुको वेगसँग पनि निर्भर रहने उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, “केरला आइपुगेको मनसुनी वायुको वेग तीव्र रूपमा चलेको खण्डमा एक दुई दिनअघि आइपुग्छ यदि वेग कम भयो भने दुई दिन ढिला हुन्छ । त्यसैले केरला आइपुगेको मनसुनीलाई अब निरन्तर हेर्छौँ ।” नेपालमा मनसुनी वायु प्रवेश गरेपछि मात्र मनसुनी वर्षा हुन्छ । 

झापाबाट प्रवेश गरेको मनसुन देशैभर फैलन कम्तिमा पाँच दिन लाग्ने मौसमविद् लामिछानेले बताउनुभयो ।

भारतको केरला आइपुगेको मनसुनी वायु बङ्गालको खाडीमा पुग्छ । त्यसपछि उत्तरपूर्व हुँदै नेपालको पूर्वी जिल्ला झापाबाट नेपालमा मनसुन भित्रने उहाँको भनाइ छ । 

झापाबाट प्रवेश गरेको मनसुन देशैभर फैलन कम्तीमा पाँच दिन लाग्ने मौसमविद् लामिछानेले बताउनुभयो । गतवर्ष नेपालमा जुन ५ मा मनसुनी वायु प्रवेश गरिसकेको थियो । सन् २०२१ मा जुन ११ मा मनसुनी वायु नेपाल प्रवेश गरेको थियो ।

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।