• ७ वैशाख २०८१, शुक्रबार

धर्म परिवर्तनका लागि जबरजस्ती गर्न मिल्दैन : मन्त्री आचार्य

blog

महिला तथा बालबालिका मन्त्री सुरेन्द्रराज आचार्य । फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौं, जेठ २२ गते । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले जबरजस्ती धर्म परिवर्तन गर्न नहुने बताउनुभएको छ । सोमवार ललितपुरमा आयोजित लोकतन्त्रमा मानव अधिकार र धर्म तथा आस्थाको स्वतन्त्रता कार्यशाला गोष्ठीमा उहाँले सो कुरा बताउनुभएको हो । 

सबैले आफ्नो आस्थालाई राख्ने धार्मिक स्वतन्त्रताका लागि राज्य सधैँ गम्भीर रहेको बताउनुभयो । उहाँले नेपालमा धार्मिक स्वतन्त्रता भए पनि कसैलाई धर्म परिवर्तनको निमित्त जबरजस्ती गर्न नमिल्ने बताउनुभयो । स्वइच्छाले जुनसुकै धर्म मान्न पाइने संवैधानिक व्यवस्था भए पनि जबरजस्ती गर्न नहुने उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, ‘राज्यको कुनै धर्म हुँदैन । सबैले आफ्नो आस्थालाई राख्ने धार्मिक स्वतन्त्रताका लागि राज्य सधैँ गम्भीर छ । नेपालमा धार्मिक स्वतन्त्रता छ, तर कसैलाई धर्म परिवर्तनको निमित्त जबरजस्तीभन्दा पनि स्वइच्छाले जे पनि धर्म मान्न पाइने संवैधानिक व्यवस्था छ, त्यसअनुसार विचार गर्नुपर्छ ।’ मन्त्री आचार्यले राज्यको कुनै धर्म नहुने बताउनुभयो ।