• १४ वैशाख २०८१, शुक्रबार

प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)

blog

सभामुख देवराज घिमिरे ।

काठमाडौं, जेठ २२ गते । सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । सोमबार बिहान साढे ११ बजेदेखि बैठक सुरु भएको हो ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा नियमावली २०७९ को नियम २२२ बमोजिम सार्वजनिक महत्त्वको विषयमा बैठकमा वक्तव्य–जानकारी दिनुहुने छ ।

त्यस्तै सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुहुने प्रतिनिधि सभाका सचिव पद्यप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।