• २६ वैशाख २०८१, बुधबार

पाल्पाको सत्यवतीमा जीप दुर्घटना हुँदा १२ जना घाइते

blog

सांकेतिक तस्बिर

रेखीराम राना

पाल्पा, जेठ २१ गते । जिल्लाको रैनादेवी छहरा गाउँपालिका–८, सत्यवतीमा बोलेरो जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । आइतबार साँझ रुपन्देहीको सालझण्डीदेखि अर्घाखाँचीतर्फ गइरहेको लु १ च ९०२४ नम्बरको जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ । 

घाइतेको उद्दार कार्य भइरहेको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बल्ढेङ्गढी प्रहरी चौकीले जनाएको छ । घाइतेलाई उपचारको लागि बुटवलतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । 

दुर्घटनाको कारण खुलेको छैन । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।