• १३ वैशाख २०८१, बिहिबार

सिटिइभिटीका तीन जना कर्मचारी सुनकोशीमा बेपत्ता

blog

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिभिटी)का कर्मचारीहरु सवार गाडी सुनकोशी नदीमा खसेपछि उद्धारको प्रयासमा स्थानीयवासी । तस्बिर सौजन्य : देवकुमार श्रेष्ठ

काठमाडौं, जेठ १९ गते । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) का कर्मचारीहरू सवार गाडी सुनकोशी नदीमा  खस्दा तीन जना बेपत्ता भएका छन् ।

शुक्रबार बिहान सिटिइभिटीका कर्मचारी सवार बा १ झ ७४६७ नम्बरको जिप भक्तपुरबाट खोटाङतर्फ जाँदै गर्दा सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर ७ लौकुनको ओरालोमा दुर्घटना हुँदा नदीमा खसेको हो ।

उद्धारका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट टोली खटाइएको नेपाल प्रहरीका एसपी राजकुमार सिलवालले जानकारी दिनुभयो ।

जिपमा चार जना सवार रहेका र एक जना जीवितै सुनकोशी नदीबाट निस्कन सफल भए पनि बाँकी तीन जनाको अवस्था अज्ञात रहेको उहाँले बताउनुभयो ।

बेपत्ता हुने कर्मचारीमा कृष्णबहादुर केसी, यमप्रसाद भुतेल र भानु पौडेल हुनुहुन्छ । उहाँहरू सबै अधिकृत स्तरको कर्मचारी रहेको प्रहरीको भनाइ छ ।बेपत्ता सबै जनाको खोजीका लागि जिल्लाबाट प्रहरी टोली पठाइएको उहाँले जानकारी दिनुभयो ।