• ६ वैशाख २०८१, बिहिबार

बाजुराका दाजुभाइ भारतमा बेपत्ता

blog

खप्तड छेडेदह गाउँपालिका -५ डोगडी बस्ने दाजुभाइ। तस्बिर सौजन्य : परिवार।

शेरबहादुर सार्की

बाजुरा, जेठ १८ गते। बाजुरामा एकै घरका दाजुभाइ भारतमा बेपत्ता भएका छन्। बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा वडा नम्बर ५ डोगडी बस्ने एकै घरका दाजुभाइ भारतबाट नेपाल फर्किने समयमा पौडी जिल्लाको पौवाबाट बेपत्ता भएका हुन्।

खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ५ का ४० वर्षीया अर्जुन र ३४ वर्षीया टेकबहादुर रावत भारतको उत्तराखण्ड राज्यको पौडी जिल्लाको पावौबाट घर फर्किँदै गर्दा बेपत्ता हुनुभएको उहाँका आफन्तले जानकारी दिएका हुन्।

खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ५ का स्थानीय धनबहादुर रावतले उनीहरू यही जेठ ८ गते त्यहाँबाट हिँडेको ३ घण्टापछि  सम्पर्कमा नआएको बताउनुभयो। 

भारतबाट हिँडेको ४ दिनसम्म पनि उनीहरू घरमा नपुगेपछि मात्र उनीहरू बेपत्ता भएको परिवारले थाहा पाएका हुन्। भारतमा दुई तीन दिनमै बाजुरा पुग्नु पर्ने हो तर उनीहरू अझै घरमा आइपुगेका छैनन्। भारतमा उनीहरू सँग बस्ने अन्य आफन्तलाई खबर गर्दा पनि उनीहरू यताबाट घरमा गएको बताएका छन्। हामीले पनि यता खोजी गर्दा कतै नभेटिएको रावतले बताउनुभयो। 

दाजुभाइ गत मङ्सिरमा कामको खोजीका लागि भारत जानुभएको थियो। कामको खोजीमा गएका दाजुभाइ अहिलेसम्म घरमा नफर्किँदा उहाँका घरपरिवार चिन्तित छन्।

खप्तड छेडेदह गाउँपालिका अधिकांश स्थानीय घरपरिवारको पालन पोषण गर्नका लागि भारतको पौडीमा नै कामको खोजीमा जाने गरेकोले उनीहरू पनि त्यसै ठाउँमा कामको खोजीमा गएका थिए।

२०८० जेठ ८ गतेदेखि बेपत्ता भएका दाजुभाइको खोजी कार्यका लागि विभिन्न निकायसँग पहल भइरहेको छेडेदह गाउँपालिका उपाध्यक्ष बिसु नाथले जानकारी दिनुभयो। दाजुभाइ हराएको १० दिनसम्म कतै पत्ता लागेको छैन। उनीहरूको खोजी कार्यका लागि गाउँपालिकाले उहाँको आफन्तलाई सहयोग गरिरहेको उपाध्यक्ष नाथले बताउनुभयो।