काठमाडौं, जेठ १६ गते । रक्षा मन्त्रालयले एपीसीलगायतका हातहतियार खरिद गर्ने निर्णय भएको भनी केही सञ्चार माध्यममा आएको समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
रक्षा मन्त्रालयका सहायक प्रवक्ता कविता निरौला ढुङ्गेलद्वारा जारी प्रेस विज्ञप्तिमा पूर्व प्रधानमन्त्री एवम् रक्षा मन्त्री शेरबहादुर देउवाको पछिल्लो कार्यकालमा एपीसी लगायतका हातहतियार खरिद गर्ने निर्णय भएको भनी केही सञ्चार माध्यममा आएको विषयमा सत्यता नरहेको उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘‘केही दिन यता विभिन्न सञ्चार माध्यममा समाचार सम्प्रेषण भएको प्रति यस मन्त्रालयको ध्यानाकर्षण भएको छ । पूर्व प्रधानमन्त्री तथा रक्षामन्त्री शेरबहादुर देउवाको पछिल्लो कार्यकालमा एपीसी लगायतका हातहतियार खरिद गर्ने निर्णय भएको भनी केही सञ्चार माध्यममा आएको विषयमा सत्यता नरहेको ब्यहोरा स्पष्ट गरिएको छ ।’’