• १५ वैशाख २०८१, शनिबार

काभा महिला भलिबल : भारत च्याम्पियन

blog

विजेता भारतीय टोली ।

काठमाडौं, जेठ १४ गते । एनएससी काभा (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) महिला भलिबल च्यालेन्ज कपको उपाधि भारतले जितेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतबार भएको खेलमा भारतले काजकिस्तानलाई ३-० को सोझो सेटमा हरायो । एकपक्षीय प्रदर्शन गरेको भारतले २५-१५, २५-२२, २५-१८ को नजिता निकालेको थियो ।

यसअघि तेस्रो स्थानका लागि भएको खेलमा साबिक विजेता नेपालले उज्बेकिस्तानलाई ३–१ को सेटमा हरायो । तेस्रो बन्ने क्रममा नेपालले २०-२५, २५-१६, २५-१५, २५-१३ को जित निकालेको थियो । 

राखेपको विशेष सहयोग तथा नेपाल भलिबल सङ्घको आयोजनामा भएको प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता रहेको थियो । विजेतालाई युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु लगायतले पुरस्कार प्रदान गर्नुभयो ।