• १३ असोज २०८१, आइतबार

सुख्खा पहिरो खस्दा मुग्लिन नारायणगढ सडक अवरुद्ध

blog

अवरुद्ध भएकाे मुग्लिन नारायणगढ सडक खण्ड ।

शालिग्राम नेपाल 

चितवन, जेठ ८ गते । सुख्खा पहिरो खस्दा आज दिउँसो साढे २ बजेदेखि मुग्लिन नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । 

मुग्लिन–नारायणगढ सडक खण्डको इच्छाकामना गाउँपालिका ६ को तुइनभिर नजिकै ३ नं. पुलमा सुख्खा पहिरो खसेको थियो  । पहिरो खस्ने क्रम नरोकिएकाले यातायात र मानिस हिँड्नला समेत रोकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । 

अवरुद्ध बाटो खोल्नका लागि प्रहरी र सडक डिभिजन कार्यालयबाट परिचालन भइसकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता विजय पण्डितले जानकारी दिनुभयो । पुन:निर्माणको लागि सो स्थानमा पहाड काटिएको थियो । एक महिनादेखि  पहाड काट्ने काम रोकिएको छ ।